कुश्माकी एक महिलाको कुवेतमा मृत्यु-Sutra News

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

पर्वत- रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका-११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो ।



परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ ।

राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृत्यु प्रमाणपत्र भने आइसकेको छैन ।

पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । सांकेतिक तस्बिर ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट