अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा, आज सुनुवाइ नहुने-Sutra News

अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा, आज सुनुवाइ नहुने

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासको पेधीमा चढेको छ ।



अदालत स्रोतका अनुसार अन्य मुद्दाहरु पनि पालोमा रहेको हुँदा आज अध्यादेश सम्बन्धीको सुनुवाइ आज हुने सम्भावना कम छ ।

राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेसँगै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । आध्यादेश २० प्रतिशत सदस्य जुटाए पार्टी फुटाउन मिल्नेगरी ल्याइएको थियो । त्यसपछि एमालेका नेता माधवकुमार नेपालले सोही संख्यामा सदस्य जुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट