तालिबानलाई ‘किल लिस्ट’ दिएको समाचार आएपछि बाइडेनलाई ट्रम्पले भने – मूर्ख-Sutra News

तालिबानलाई ‘किल लिस्ट’ दिएको समाचार आएपछि बाइडेनलाई ट्रम्पले भने – मूर्ख

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

अमेरिकास्थित सञ्चारमाध्यम पोलिटिकोले बिहीवार अमेरिकी सेनाले नै तालिबानलाई ‘किल लिस्ट’ (अफगानिस्तानमा अमेरिकी सेनालाई साथ दिने अमेरिका र विभिन्न देशका नागरिकको सूची) दिएको समाचार प्रकाशित गरेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका राष्ट्रपति जो बाइडेनलाई मूर्ख भनी टिप्पणी गरेका छन् ।



अफगानिस्तान छोड्न चाहने अमेरिकी नागरिक, अमेरिकी सेनासँग काम गर्ने अफगानी नागरिक र अन्य देशका नागरिकको सूची तालिबानलाई बुझाइएकोप्रति ट्रम्प आक्रोशित भएका हुन् ।

अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अमेरिका र अन्य देशका नागरिकहरू तत्काल देश छोड्न चाहन्छन् । अमेरिकी अधिकारीहरूले तत्काल देश छोड्न चाहनेहरूको नाम तालिबानलाई बुझाइएको पोलिटिकोले खुलासा गरेको थियो ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपनि काबुल विमानस्थलमा भने अहिलेसम्म अमेरिकी सेनाकै नियन्त्रण कायम छ । बिहीवार तालिबानले विमानस्थलको गेटमा विष्फोट गराएको थियो । पोलिटिकाका अनुसार अहिलेसम्म १२ अमेरिकीको मृत्यु भएको छ १५ घाइते भएका छन् । यो सन् २०११ मा तालिबानले गरेको आक्रमण भन्दा ठूलो रहेको अमेरिकी अधिकारीहरूले स्वीकारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट