रिट निवेदकले नै इजलास छाडेर जान सुझाव दिएपछि प्रधानन्यायाधीश आक्रोशित-Sutra News

रिट निवेदकले नै इजलास छाडेर जान सुझाव दिएपछि प्रधानन्यायाधीश आक्रोशित

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।



ओलीले अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति दिएपछि सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाइ गर्दैछन् ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधान न्यायाधीशको मनसायपूवृक उपस्थिति रहेको आरोप लगाउँदै इजलास छाडेर बिदा लिनुपर्ने बताए ।

जवाफमा प्रधानन्यायाधीश जबराले आफू इजलासमा नबस्दैमा वा बिदा लिएर बस्दैमा निकास नआउने दाबी गरे । उनले भने, ‘तपाई विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छु तर संवैधानिक इजलासमा म बस्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट