काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् ।
उनले शुक्रबार बानेश्वरको थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्ने गरेका हुन् ।
आजको उद्घाटन कार्यक्रममा डडेल्धुरा, धनुषा, नुवाकोटका सभापतिगायतको सहभागिता थियो ।
सभापतिमा उम्मेदवारी दिनका लागि उनले आफूनिकट नेताहरुसँग छलफल बाक्लो बनाएका छन् ।
क्रियाशील सदस्यको विवादका कारण काँग्रेसको महाधिवेशन सरेको छ ।