भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले-Sutra News

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

एजेन्सी- भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् ।



आगजनीमा परेर पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

असम पुलिसले यो घटनाको पछाडि उग्रवादी समूह दिमासा नेशनल लिबरेशन आर्मी (DNLA) को हात रहेको बताएको छ। जिल्लाका एसपीले भने कि घटना पछि क्षेत्रमा व्यापक खोजी अभियान चलिरहेको छ । असम राइफल्स को सहयोग बदमासीहरु लाई पक्रनका लागि लगिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट