‘कम्फरटेबल इजलास’ नपाएपछि आलमको सुनुवाइ स्थगित-Sutra News

‘कम्फरटेबल इजलास’ नपाएपछि आलमको सुनुवाइ स्थगित

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमले आफू थुनामुक्तको आदेश माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन स्थगित भएको छ ।



न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाश ढुंगानाको इजलासमा आजको सुनुवाइ सुरुमै थियो ।

राजपुरमा २०६४ चैत्र २७ गते भएको बम विस्फोटको घटनामा संलग्न भएको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

आलमले जिल्ला अदालत र उच्च अदालतको आदेश बिरुद्ध   सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई २०७६ असोज २६ मा पक्राउ गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट