काठमाडौँ । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अलग भएका छन् । शुक्रबार इजलासमा आफूमाथि प्रश्न उठेपछि आफूलाई इजलासबाट अलग्याएका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि उनी इजलासबाट अलग हुने निर्णय गरेका हुन् ।
रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधान न्यायाधीशको मनसायपूवृक उपस्थिति रहेको आरोप लगाउँदै इजलास छाडेर बिदा लिनुपर्ने बताएका थिए ।
जवाफमा प्रधानन्यायाधीश जबराले आफू इजलासमा नबस्दैमा वा बिदा लिएर बस्दैमा निकास नआउने दाबी गरे । उनले भने, ‘तपाई विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छु तर संवैधानिक इजलासमा म बस्छु ।’
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाइ गरेका थिए ।