काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी अध्यादेशको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ ।
अध्यादेश विरुद्धको मुद्दा शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।
उक्त मुद्दा सुनुवाइका लागि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि संविधानविपरीत रहेकाले खारेज गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।