ओलीलाई समर्थन गरेको भन्दै सुरेन्द्र पाण्डेलाई गृहजिल्लामा कालो झण्डा-Sutra News

ओलीलाई समर्थन गरेको भन्दै सुरेन्द्र पाण्डेलाई गृहजिल्लामा कालो झण्डा

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । पछिल्लो समय पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई उनले समर्थन गर्न लागेपछि उनका कार्यकर्ताहरुले चितवनमा नै कालो झण्डा देखाएका हुन् ।



आन्दोलनमा धोका दिएको भन्दै उनलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा देखाइएको हो ।

एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपालको पक्षमा रहेका नेता पाण्डेले एकता भन्दै विभाजनपछि ओली पक्षमा खुलेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै पार्टी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट