काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरु सरकारमा सहभागी हुने विषयमा कुनै पनि छलफल नभएको बताएका छन् । शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेसी, जनजाति र विपन्न वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले शुक्रवार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी आफ्ना आदर्श र मधेशी, थारु, आदिवासी, जनजाति, मस्लिम, शिल्पी (दलित) पछाडि परिएका खस लगायत सिमान्तिकरणमा पारिएका सबैको उत्थान र विभेदबाट उन्मुक्तिको अभियानप्रति सम्पूर्ण निष्ठाका साथ प्रतिवद्ध रहने छ ।’
ठाकुरले नेपालको जनताको विविधताको सम्मान, तीनलाई हरेक राजकीय क्षेत्रमा सहभागिताको समान अवसरले नै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सशक्त राष्ट्रिय एकताको एकमात्र आधार हो भन्ने तथ्यलाई लोसपाले आत्मसात गर्ने र आफ्नो यात्राको मूल लक्ष्य निर्धारित गरेको उल्लेख गरेका छन् ।