काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपत्तिबाट समस्यामा परेकाहरूलाई तत्काल उद्धार, राहत दिनका लागि सम्बन्धित निकायका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा शुक्रबार भएको बैठकमा मन्त्री खाणले विपतमा परेकाहरुलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
बैठकमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललगायत उपस्थित रहेका थिए ।
यता मौसम विभागले अझै केही दिन देशमा भारी वर्षा सक्ने र सतर्क रहन चेतावनी दिएको छ ।