विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दुई मन्त्री नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारको लागि बिहानैदेखि आन्तरिक छलफलमा जुटेका मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएका दुवै जना माधव समूहबाट ओली खेमामा आएका हुन् । उनीहरूको नियुक्तिको पत्र पुगेसँगै सपथ भएको छ ।
सांसद् विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दबाब थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीमा जाने अनुमान गरिएका १० सांसद आचार्यको सम्पर्कमा नरहेको बताइएको छ ।