काठमाडौं- हास्य कलाकार तथा टेलिफिल्म निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ ।
उनका पिता श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो ।
श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । श्रीहरीका चार सन्तानमध्ये दमन साईलो हुन् ।
टेलिफिल्म, फिल्म, म्यूजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गरेका दमन टेलिफिल्म ‘मेरी बास्सै’का निर्देशक र कलाकार हुन् ।