काठमाडौं- निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।
आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले सचिवालयलाई जानकारी पत्र पठाउँदै नयाँ दलमा आबद्ध भएका सांसदहरुको सूची समेत पठाएको छ ।
आयोगले बुधवार एमालेबाट छुट्टिएको माधव नेपाल नेतृत्वको नेकपा (एस) र जसपाबाट छुट्टिएको महन्थ ठाकुर नेतृत्वको लोसपा दल विभाजन अध्यादेशअन्तर्गत सनाखतसहित दर्ता गरेको थियो ।