जनकपुर- जनता समाजावदी पार्टी, नोपल, (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभएको तर्क गरेका छन् ।
शुक्रबार जनकपुरमा जसपाले आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जसपा विभाजन नभएको दावी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महन्त राजेन्द्र समूहको उद्धार गरेको टिप्पणी गरेका हुन् ।
‘पूर्वराजपाका ८० प्रतिशत नेता जसपामै छ । केही व्यक्ति मात्रै बाहिरिएका छन् । एक/आध व्यक्ति समुह बनाएर जाँदैमा त्यसलाई पार्टी विभाजन भन्न मिल्दैन’ अध्यक्ष यादवले भने, ‘उनीहरु गएपछि पार्टी शुद्धि र सुढृढ पनि भएको छ ।’
अर्को प्रसंगमा उनले महन्थ ठाकुरप्रति लक्षित गर्दै संसद भंग गर्ने प्रतिगमनको मतियार बनेका ‘सन्त महन्थ’को पतन समेत भएको तर्क गरे । उनले भने, ‘सन्त महन्थ समूहले विधि र अनुशासन दुवै उल्लंघन गर्यो । त्यसकै फलस्वरुप पतनको दिशातर्फ गयो ।’