काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
१४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लामा क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको हो ।
कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा उक्त नामावली प्रकाशित गरेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (वर्दघाट सुस्तापूर्व) र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का क्रियाशील सदस्यहरुको नामावली कांग्रेसले प्रकाशित गरेको हो ।
त्यस्तै, रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी, कञ्चनपुर, धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछाम जिल्लाका क्रियाशील सदस्यहरुको नाम पनि कांग्रेसले सार्वजनिक गरेको छ ।