म्याद सकिएको खोप प्रयोग गरिएको छैन: स्वास्थ्य मन्त्रालय-Sutra News

म्याद सकिएको खोप प्रयोग गरिएको छैन: स्वास्थ्य मन्त्रालय

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।



मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । 

मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध समेत गरेको छ ।

‘कोरोना भाइरस विरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,’ सूचनामा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट