भारत सरकारले बाढीपीडितलाई गर्यो सहयोग-Sutra News

भारत सरकारले बाढीपीडितलाई गर्यो सहयोग

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं- बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि भारत सरकारले नेपाललाई राहत सामाग्री प्रदान गरेको छ ।



शुक्रबार काठमाडौंको लैनचौरस्थित दुतावासमा आयोजित एक कार्यक्रमकाबीच दुतावासकी मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले भारत सरकारको तर्फबाट आठ करोड रुपैयाँ बराबरको राहत सामाग्री नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरिन् ।

rahat.jpg

नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन् । बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल-भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत सो राहत सामाग्री बितरण गरिने बताइएको छ ।

पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने सांसद चौधरीले जानकारी दिइन् । नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउने दुतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट