जिब्रोको अवस्थाबाट थाहा हुन्छ रोग-Sutra News

जिब्रोको अवस्थाबाट थाहा हुन्छ रोग

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् । डाक्टरले जिब्रोको अवस्था हेर्छन् । पेट, टाउको दुखेर होस् वा ज्वरो आउँदा स्वास्थ्यजाँचको शुरुवात जिब्रो हेरेरै हुन्छ ।



कारण

स्वास्थ्य व्यक्तिको जिब्रो गुलाबी रंगको सफा र पातलो हुन्छ । जिब्रोले शब्दको उच्चारण र खानेकुराको स्वाद छुट्याउन मात्र नभइ मानिसलाई लाग्ने रोगको संकेत गर्ने काम पनि गर्छ ।

मानिसमा लाग्ने विभिन्न किसिमका रोगको लक्षण जिब्रोमा पनि देखिन्छ । त्यसैले डाक्टरहरुले जिब्रोको अवस्था हेरेर मानिसमा लागेको रोगको सजिलै पत्ता लगाउन सक्छन् ।

मानिसमा लाग्ने रोग अनुसार जिब्रोमा पनि परिवर्तनत हरु आउँछन् । जिब्रोका अवस्था हेरेर ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको तथा पेट सम्बन्धी समस्या भएको थाहा पाउँन सकिन्छ ।

कस्तो रोगको संकेत ? 

-जिब्रो पहेँलो हुने, जिब्रोको किनारामा दाँतका निशानहरु देखिनु शरीरमा रगतको कमी भएको संकेत हो ।

-जिब्रोमा कालो दाग देखिन्छ भने त्यो ऊच्च रक्तचापको समस्या भएको संकेत हो ।

-हार्टअट्याक हुनसक्ने व्यक्तिको जिब्रोको अघिल्लो भाग सुकेको हुन्छ ।

-जिब्रो पहेँलो र चिल्लो जिब्रोले रगत सम्बन्धी समस्या हुन् ।

-जिब्रो निलो भएमा मुटुसम्बन्धी समस्या हुनसक्छ ।

-जिब्रोमा चिनीका मसिना कण जस्तो थोप्ला थोप्ला देखिन्छ भने पेटमा जुका परेको हुनसक्छ ।

–जिब्रो अत्याधिक रातो, सेतो वा कालो छ भने मुखमा किटाणुको संक्रणम भएको हुनसक्छ ।

-जिब्रोको सतहमा चिरा परेको छ वा लामा र गहिरा धर्साहरु देखिन्छ भने भिरंगी भएको हुनसक्छ ।

-जिब्रोमा घाउ भइरहने समस्या छ भने पेटसम्बन्धि जटिल रोगको लक्षण हुनसक्छ ।

–जिब्रोले राम्रोसँग स्वाद थाहा पाउँदैन भने भिटामिन बी १२ को कमी हुनसक्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट