बाढीले माछापोखरी र बङ्गुरको खोर बगायो-Sutra News

बाढीले माछापोखरी र बङ्गुरको खोर बगायो

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

कञ्चनपुर- अनौखी खोला र धारापानी नदीको बाढीले शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ ।



दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए ।

‘ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए’, उनले भने, ‘बाढीले बगाएर बिजोग पारेको छ ।’

बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए ।

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उनले जानकारी दिए । मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ ।

चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो । सांकेतिक तस्बिर 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट