मन्त्री पद खान माधव नेपालले सांसदहरु देउवाको पाउमा चढाउन सुरु गरे- महेश बस्नेत-Sutra News

मन्त्री पद खान माधव नेपालले सांसदहरु देउवाको पाउमा चढाउन सुरु गरे- महेश बस्नेत

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताएका छन् ।



शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

‘मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु एमालेबाट एक दुई पात खस्नु जस्तै भएको बताए ।

त्यस्तै उनले टाउकोबाट एक/दुई वटा कपालको रौँ झर्दैमा कपाल खाली नहुने उल्लेख गरे । एक/दुईटा कपाल झर्दैमा टाउको सबै सिद्धिएको हुन्छ? त्यस्तै एक/दुईटा कपाल झरेजस्तै हो अहिले,’ उनले भने।

कार्यक्रममा बोल्दै नेता ओलीले भने ‘एकदुई पात खस्दैमा रुखले पीर मानेर बस्दैन। नयाँ-नयाँ पालुवाहरु पलाउँदै जान्छन्। हाँगा उचाइतिर लाग्दै जान्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट