राप्ती अस्पतालका डाक्टर सिंहमाथि एमालेका कार्यकर्ताले कालोमोसो दले-Sutra News

राप्ती अस्पतालका डाक्टर सिंहमाथि एमालेका कार्यकर्ताले कालोमोसो दले

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

दाङ- दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा.विनोद सिंहमाथि अनेरास्ववियुका दाङका संयोजकले कालोमोसो दलेका छन् ।



अस्पतालको कार्यकक्षमै मेडिकल सुपरिटेन्डेन्ट डा.सिंहलाई नेकपा एमालेनिकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारसहितको समूहले कार्यकक्षमा अभद्र व्यवहार गर्दै कालोमोसो दलेको हो ।

अनेरास्ववियु संयोजक परियारको नेतृत्वमा गएको ४/५ जनाको समूहले मेसुसँग सामान्य कुराकानी गर्दै गरेको अवस्थामा शुक्रवार कार्यकक्षमा कालोमोसो दलिएको हो ।

विनाकारण अस्पतालको मेसुलाई कालोमोसे दलिएपछि अहिले अस्पतालमा कार्यरत स्थास्थयकर्मी तथा चिकित्सकहरु आन्दोलित भएका छन् ।

सुरक्षाको माग गर्दै दोषीलाई कानुनी कारबाही नहुँदासम्म अस्पतालमा इमरजेन्सी, सुत्केरी, डायलासिसलगायत अतिआवश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।

कारबाहीको माग गर्दे इलाका प्रशासन कार्यालयमासमेत शनिवार दिउँसो धर्ना दिएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्का लगायतकाको नाममा किटानी जाहेरीसहितको उजुरी अस्पताल प्रशासनले दर्ता गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट