काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेको विभाजनपछि नेता तथा कार्यकर्ता तितरबितर हुने क्रम जारी छ ।
एमालेबाट अलग भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन् ।
ती मध्ये दुई केन्द्रीय सदस्य सांसद समेत छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए ।