अमलाको अचार कसरी बनाउने ? जान्नुहोस् केही तरिका-Sutra News

अमलाको अचार कसरी बनाउने ? जान्नुहोस् केही तरिका

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

आवश्यक सामग्री (चार जनाको लागि)



अमला-१५० ग्राम

सुकेको रातो खुर्सानी-४ वटा

नुन-१ चम्चा

लसुन-२ केस्रा

अदुवा ठिक्कको-१ टुक्रा

रायोको धूलो-५ ग्राम

जिम्मु-३ ग्राम

फर्सीको बियाँ-१० ग्राम (भुटेर पेष्ट बनाएको)

तोरी तेल-१ चम्चा ठूलो चम्चाको

बनाउने विधि

-नुन, खुर्सानी, लसुन र अदुवा सिलौटामा पिँध्ने । त्यसैमा अमला फुटाएर भित्रको दाना फालेर पिँध्ने ।

-सबै मसला सहित एउटा बाटामा राख्ने ।

-तेल तताउने, रायो र जिम्मु फुराएर त्यसैमा अमला र मसलाहरू ओइरिदिने, चलाएपछि लेदो अचार तयार हुन्छ ।

सजिलो कुकिङ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट