भन्सालीसँग किन टाढिएका थिए सलमान ?-Sutra News

भन्सालीसँग किन टाढिएका थिए सलमान ?

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- केही समय अघि बलिउडमा सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर आयो । यी दुइले फिल्म ‘इनशाल्लाह’ मा काम गर्ने घोषणासमेत आधिकारिक रुपमै भयो ।



भन्सालीले सलमानसँग गत सन् १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए । जसलाई दर्शकले अत्यधिक रुचाएका थिए । त्यसपछि सलमानले भन्सालीको फिल्म ‘सावरिया’ मा केमियो गरेका थिए, तर दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका थिए । यसैले गर्दा पनि फ्यान खुसी भए । तर , यो खुसी धेरै दिन टिक्न सकेन । 

केही समय पश्चात नै फिल्म नबन्ने खबर आयो । सँगै भन्सालीले अर्को प्रोजेक्ट सुरु गरे । तर , भन्साली र सलमानको सम्बन्ध बिग्रिनुको कारणबारे बलिउडमा विभिन्न चर्चा हुने गरेका छन् ।  भन्सालीलाई उनको डेब्यु फिल्म ‘खामोसी’ मा साथ दिएका सलमानले ‘हम दिल दे चुके सनम’ पछि भने साथ दिएनन् । आखिर किन त ?

किनकी सलमान र भन्सालीको सहकार्यमा तयार भएको दोस्रो फिल्म हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’ मा मात्र केमियो गरे । आज हामी तपाईँलाई सलमान किन रिसाए भन्ने तथ्य बताउँदैछौ । दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले । 

उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफूले गाह्रो दिनमा सञ्जयलाई सहयोग गरेको तर सफल भएपछि उनले वेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए ।

त्यसपछि ‘साँवरिया’ मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । ससलमानले सञ्जयका धेरै फिल्मको अफरलाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट