दूध पिएपछि भुलेर पनि नखानुहोस् यी खानेकुरा, ज्यानै जोखिममा-Sutra News

दूध पिएपछि भुलेर पनि नखानुहोस् यी खानेकुरा, ज्यानै जोखिममा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- दूध पिउँदा शरीरलाई फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर,दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानी हुन्छ ।



अमिलो फलफूल

दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।

मासु

दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।

माछा

माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ ।

नून

दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिए पनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट