इतिहासमा आज: माइकल ज्याक्सनको जन्मदिन-Sutra News

इतिहासमा आज: माइकल ज्याक्सनको जन्मदिन

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- अन्य दिनमा झैं इतिहासमा आज अगस्ट २९ मा पनि केही महत्वपूर्ण घटना भएका थिए । आज  सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षणदेखि माइकल ज्याक्सनको जन्म भएको थियो । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः



अन्तरीक्षमा पुग्ने पहिलो अफगानी

अब्दुल मोहम्द अन्तरीक्षमा पुग्ने पहिलो अफगानी हुन् । अफगान वायु फौजको पाइलटसमेत रहेका मोहम्द सोभियत अन्तरीक्ष यान सोयुज टीएएम ६ को कारिन्द दलको सदस्य बनेर सन् १९८८ को अगस्ट २९ मा अन्तरीक्षमा पुगेका थिए । उनले अन्तरीक्षमा ९ दिनसम्म विताएका थिए । 

सोभियत युनियनद्वारा पहिलो आणविक परीक्षण

सोभियत युनियनले पहिलो पटक सन् १९४९ को २९ अगस्टमा आफ्नो आणविक बम परीक्षण गरेको थियो । फस्ट लाइटनिङ नाम दिइएको सो आणविक बम २२ किलोटन थियो । बमलाई कजाकस्तानको सेमीपलतिन्क परीक्षण साइटमा परीक्षण गरिएको थियो । सो बम म्यानहटन परीयोजनामा गुप्तचरले फ्याट मेन बमको अनुकरण भएको बताइएको थियो । 

माइकल फराडेको आविष्कार

सन् १९३१ मा माइकल फराडेले इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन पत्ता लगाएका थिए । उनको आविष्कारले विद्युतीय उत्पादन, ट्रान्र्सफमर र इन्डक्सनलगायतका क्षेत्रमा सहज बनाएको छ । अंग्रेज वैज्ञानिक फराडे अनुसन्धानकर्ता थिए । इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनका अतिरिक्त उनले बेन्जेन र इलेक्ट्रोलाइसिस पत्ता लगाएका थिए । 

माइकल ज्याक्सनको जन्म

अमेरिकी गायक, लेखक, अभिनेता तथा डान्सर माइकल ज्याक्सको जन्म आज अर्थात २९ अगस्ट १९५८ मा भएको थियो । पप गीतका राजा भनिने ज्याक्सन २० औं शताब्दीका महत्वपूर्ण साँस्कृतिक हिरो हुन् । चार दशक लामो करिअरमा संगीत, नृत्य, फेसनमा उनले पुर्‍याएको योगदानका कारण ज्याक्सन विश्वभर चर्चामा आए । आधुनिक इतिहासमा सबैभन्दा बढी पुरस्कृत हुने व्यक्ति ज्याक्सनको निधन ५० वर्षको उमेरमा सन् २००९ को जुन २५ मा भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट