यी रोगबाट बच्न खानुहोस् गोलभेंडा-Sutra News

यी रोगबाट बच्न खानुहोस् गोलभेंडा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- हाम्रो भान्सामा सजिलै पाइने गोलभेंडा निकै फाइदाजनक छ । गोलभेंडा हरेक तरकारीमा स्वादको लागि मिसाइने गरिन्छ । त्यस्तै गोलभेंडाको अचार र चट्नी पनि बनाएर खाने गरिन्छ । धेरै मानिसहरु गोलभेंडा विनाको तरकारी असम्भव नै देख्छन् । तरकारी स्वादिष्ट बनाउन गोलभेंडा आवस्यक मानिन्छ ।



गोलभेंडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी १, बी ३, बी ५, बी ६, बी ७, पोटासियम, फोलिट, आइरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस पाइन्छ । त्यसैले यसको सेबन स्वास्थ्यको लागि फाइदाजनक छ । यसको सेबनले मुटु रोग नियन्त्रण हुन्छ । एक अनुसन्धानमा दैनिक गोलभेंडा खानेगरेमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशत कम हुन्छ ।

यसको सेबन गर्नाले पत्थरी हुनबाट बचिन्छ । यसमा भिटामिन के पाइने हुनाले कपाल राम्रो र बलियो बनाउँछ । यदि हामीले गोलभेंडाको जुस खाएमा छालाको कोषहरुलाई विग्रन पाउँदैन । यसमा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउँछ ।

यसको सेबनले रगत जम्नबाट जोगाउँछ । क्यान्सरको सम्भावना कम हुन्छ । यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्दत गर्छ । त्यसको असर कम गर्छ । त्यस्तै यसको सेबनले पाचनशक्ति बढाउँछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट