स्मरणशक्ति बढाउन अदुवा खानुहोस्-Sutra News

स्मरणशक्ति बढाउन अदुवा खानुहोस्

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ । दुखेको ठाउँमा यसको लेप लगाउँदा दुखाई कम हुन्छ । श्वास-प्रश्वाससम्बन्धी संक्रमण भएमा अदुवा खाँदा फाइदा हुन्छ । साथै श्वास गन्हाउने समस्याबाट छुटकरा पाउन पनि यसको सेवन गर्न सकिन्छ । यसले पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ ।



अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । रुघाखोकी लागेको बेलामा अदुवाको रस निकालेर कागती र महसँग मिसाएर खानाले खोकी कम हुन्छ । कागती, मह र अदुवाको मिसाएर बनाइएको झोल बालबालिकालाई पनि खुवाउन सकिन्छ ।

त्यस्तै अपच भएको अवस्थामा पनि अदुवा सेवन गर्न सकिन्छ । अदुवाले अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र पेटलाई चाँडै खाली बनाइदिन्छ । आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ ।  

अदुवा खाँदा हुने फाइदा 

-अदुवामा आइरन, क्याल्सियम, क्लोरिन भिटामिन प्रशस्त मात्रामा रहेको हुन्छ।त्यसैले यसले एन्टीभाइरलको काम गर्छ । 

– यसले पाचनक्रियालाई बलियो बनाउँछ ।

– रुघाखोकी तथा घाँटी दुखेमा अदुवा खाँदा तुरुन्तै आराम मिल्छ । 

– भोग नलाग्ने समस्याबाट छुट्करा पाउन नियमित नुनसँग अदुवा खानुपर्छ ।

– बिहान मन तातो पानीसँग अदुवाको टुक्रा मिसाएर खाँदा छालामा समस्या आउँदैन । 

– जोर्नीको दुखाइ कम गर्छ ।

– कपाल झर्नबाट बचाउँछ ।

– स्मरणशक्तिमा सुधार ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट