रावल र नेपालबीच चर्काचर्की : पार्टी फुटाउन मलाई किन धकेलेको ?- नेपाल, धकेल्दा धकेलिए अब पछाडी फर्किने- रावल-Sutra News

रावल र नेपालबीच चर्काचर्की : पार्टी फुटाउन मलाई किन धकेलेको ?- नेपाल, धकेल्दा धकेलिए अब पछाडी फर्किने- रावल

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । एमाले विभाजन हुन लाग्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध डटेर लागेका एमालेका उपाध्यक्ष भीम रावल र माधवकुमार नेपालबीच आजकल गयाप बढ्दै गएको छ ।



सँगै मिलेर ओलीको प्रतिवाद गर्न लागेका यी दुई नेताहरुको सम्बन्ध अचानक बिग्रिन पुगेको छ । सामाजीक संजालमार्फत भीम रावलले नेपाललाई विभिन्न खालका सुझावहरु दिइरहेका छन् ।

शनिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अगाडि बढ्न धकेलेको तर पार्टी गठन गर्ने बेला भागेको भन्दै एमालेका उपाध्यक्ष भीम रावलप्रति कटाक्ष गरेका थिए ।

त्यसको काउन्टरमा नेता रावलले आइतबार सामाजीक सञ्जालमार्फत उनलाई जवाफ फर्काएका छन् ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ ट्वीटरमार्फत रावलले भनेका छन्, ले ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न। जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट