संसदीय दल गठन गर्न नेकपा एकीकृत समाजवादीको बैठक सुरू-Sutra News

संसदीय दल गठन गर्न नेकपा एकीकृत समाजवादीको बैठक सुरू

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न बैठक सुरु भएको हो । बैठक नयाँ बानेश्वरमा केहिबेर अगाडीबाट सुरु भएको हो ।



आजको बैठकमा संसदीय दलको नेता छनोट गरिने नेता माधवकुमार नेताले बताएका छन् । यस्तै उनका अनुसार आजको बैठकमा प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।

एमालेबाट छुट्टिएर नेता नेपालले छुट्टै पार्टीको दर्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन अध्यादेश जारी गरेपछि नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

नेकपा एस छिट्टै नै सरकारमा जाने तयारी गरेको छ । उक्त पार्टीले ६ मन्त्रालय पाउने पक्कापक्की भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट