ओलीलाई माधव नेपालको सुझाव- घमण्ड भए महालेखाको प्रतिवेदन हेरे हुन्छ-Sutra News

ओलीलाई माधव नेपालको सुझाव- घमण्ड भए महालेखाको प्रतिवेदन हेरे हुन्छ

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महालेखाको प्रतिवेदन पढ्न सुझाव दिएका हुन् । आइतबार बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले एक कार्यक्रममा आफूले जस्तो काम अरुले नगरेको भन्दै दाबी गरेको भनेपछि नेपालले भ्रष्टाचारको विषयलाई संकेत गर्दै महालेखाको प्रतिवेदन पढ्न सुझाएका हुन् ।

‘जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै उनले भने, ‘महालेखाको प्रतिवेदन पढ्नुस् त ।’ उनले भने ।

त्यस्तै उनले अहिले नै अरु पार्टीसँग एकता प्रष्ट पारेका छन् । 

आज बसेको संसदीय दलको बैठकले माधव नेपाल नेतृत्वको पार्टीको संसदीय दलको नेता चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट