माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?-Sutra News

माओवादीसँग पार्टी एकता गर्ने भनेका माधव नेपालले किन फेरे बोली ?

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल अन्य पार्टीसँग तत्काल एकता नगर्ने बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेता नेपालले आफूहरुले अहिले नै अन्य पार्टीसँग एकता नगर्ने प्रष्ट पारेका हुन् ।



तर केहिदिन अगाडीको बैठकमा भने उनले छिट्टै नै माओवादीलगायत अन्य दलसँग एकता गर्न इच्छुक रहेको बताएका थिए ।

पार्टीलाई देशकै ठुलो पार्टी बनाउनका लागि नयाँ पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने बताएका थिए ।

बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चल्ने क्रम रहँदा माधव समूहका नेता मेटमणि चौधरीले यस्तो संकेत गरेका थिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले एमालेसँग कुनै पनि हालतमा पार्टी एकता नगर्ने तर देशकै ठुलो पार्टी बनाउनका लागि माओवादीसँग छिट्टै नै एकता गर्ने बताएका थिए ।

आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट