नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत नेता चुनेको हो ।
आजको बैठकले यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन गरेको छ भने मन्त्री छान्ने जिम्मावारी माधवकुमार नेपालले पाएका छन् ।
हाल समितिमा समितिमा लक्ष्मी चौधरी, ठगेन्द्र प्रकाश पुरी, भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु रहेका छन्।
आजको बैठकमा नेता नेपालले अन्य कुनै दलसँग तत्काल पार्टी एकता नगर्ने स्पष्ट पारेका थिए ।
एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।
पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए ।