श्रीमतीलाई घरमा यस्तो काममा लगाएपछि श्रीमानलाइ २ करोड रुपैयाँ बराबरको सजाय-Sutra News

श्रीमतीलाई घरमा यस्तो काममा लगाएपछि श्रीमानलाइ २ करोड रुपैयाँ बराबरको सजाय

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

श्रीमतीलाई काम गराएको भन्दै एक पुरुषलाई अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।



घटना केहीसमय अगाडी अर्जेन्टिनामा सार्वजनिक भएको हो ।त्यहाँ एकजना व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई यस्तो काम गराउँदै आएका रहेछन् कि अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

महिलाको उमेर अहिले ७० वर्ष भएको छ । उनी शिक्षित महिला हुन् । अर्थशास्त्रमा स्नातक ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् । महिलाको नाम एमएल र उनका पतिको नाम डीबी हो । उनीहरुको सन् १९८१ मा बिहे भएको थियो । तर सन् २००९ मा यी दुईले सम्बन्धविच्छेद गर्ने निर्णय गरे र सन् २०११ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

त्यसबेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविकोपार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा उनले आफू आर्थिक समस्याबाट गुज्रिरहेको बताइन् । तत्पश्चात् न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई झण्डै २ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्तिको रुपमा दिनुपर्ने आदेश दिए ।

फैसलामा ती न्यायाधीशले आज पनि महिलाहरुले घरमा गर्ने कामको कुनै मूल्यांकन नरहेको भन्दै ती महिलाको आर्थिक स्थिति र उनको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उनले क्षतिपूर्तिको रुपमा झण्डै २ करोड रुपैयाँ रकम पाउने फैसला गरेका हुन् । – एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट