बालुवाटारमा तीन दलका नेताहरुबीचको बैठक, यी विषयहरुमा भयो छलफल-Sutra News

बालुवाटारमा तीन दलका नेताहरुबीचको बैठक, यी विषयहरुमा भयो छलफल

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आइतबार भेटवार्ता भएको छ ।



प्रधानमन्त्री देउवाले आइतबार सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले जानकारी दिए । उनले छिटै मन्त्रिपरिषद् बिस्तार हुने बताए ।

 गठबन्धनका दलहरु पार्टीको आन्तरिक छलफलमा रहेकाले मन्त्रिपरिषद् बिस्तारम ढिलाई भएको उनको भनाई छ ।

हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा कांग्रेस र माओवादीका दुई÷दुई मन्त्री र कांग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट