भिखारीको २ लाख ७६ हजार हराएपछि प्रहरीमा उजुरी-Sutra News

भिखारीको २ लाख ७६ हजार हराएपछि प्रहरीमा उजुरी

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

भिखारीको २ लाख भन्दा बढी रकम हराएको सुन्दा हामीलाई सुन्दा अचम्म लाग्न सक्छ ।तर भारतको एक ठाउँमा यस्तै भएको छ ।



भिख माग्ने मानिस साढे २ लाख भन्दा बढि रकम हराएको उजुरी गर्न प्रहरी चौकिमा पुगेपछि प्रहरी नै अचम्ममा परेका छन् ।

महाराष्ट्रको बीड, पर्लीको वैजनाथ मन्दिरमा बसेर दैनिक भिख माग्ने बाबूराव नायकवाडे नामक एक भिखारी आफ्नो ब्याग हराएको भन्दै प्रहरीमा उजुरी दिन पुगे । जब ब्याग भेटियो त्यसमा फेला परेको मोटो रकमले प्रहरी समेत चकित परे ।

बाबूरावको उजुरी पछि शुरुमा पर्ली प्रहरीले भिखारीको ब्यागमा कति न रकम होला भनेर खोज्न आनाकानी गरे । तर बाबूरावको रोदन, उनको दयनिय अवस्था र कानुनत उजुरी आएपछि कर्तब्यको रुपमा प्रहरीले ब्यागको खोजी तिव्र पार्यो । अन्ततः करिब ३ घण्टाको खोजीपछि उनको ब्याग भेटियो । जसमा भारु १ लाख ७२ हजार २ सय ९० अर्थात २ लाख ७६ हजार ३ सय ४ रुपैयाँ फेला पर्यो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट