एमाले र जसपा त्याग्न निर्वाचन आयोगले दियो २२ गतेसम्मको समय [विज्ञप्तिसहित]-Sutra News

एमाले र जसपा त्याग्न निर्वाचन आयोगले दियो २२ गतेसम्मको समय [विज्ञप्तिसहित]

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी त्याग गर्न या नछोड्न प्रदेशसभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको छ ।



राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमालेबाट छुट्टिएर नेकपा एस बनेको थियो भने जसपाबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट