साउथ सुपरस्टार नागार्जुन अक्किनेनीका अनेकौं किस्सा-Sutra News

साउथ सुपरस्टार नागार्जुन अक्किनेनीका अनेकौं किस्सा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

साउथ इन्डियन फिल्म इन्डष्ट्रीका सुपरस्टार नागार्जुन अक्किनेनी ६१ वर्षका भएका छन् ।



२९ अगस्ट १९५९ मा माद्रासमा जन्मिएका उनले साउथ फिल्मका साथसाथै हिन्दी फिल्ममा पनि अभिनय गरेका छन् । हालसम्म एक सय भन्दा बढि फिल्ममा अभिनय गरिसकेका नागार्जुनले चाईल्ड आर्टिस्ट हुँदै यस क्षेत्रमा प्रवेश गरेका थिए ।

सन् १९६७ मा चाइल्ड आर्टिस्ट डेब्यु गरेका नागार्जुनले १९८६ मा लिड एक्टर हुदै अभिनयमा अघि बढेका थिए । दुई विवाह गरेका नागाको पहिलो श्रीमतीको नाम लक्ष्मी दग्गुबती हो । विवाहको सात वर्ष पछि १९९० मा उनिहरुको डिभोर्स भएको थियो । त्यस्तै नागाको दोस्रो श्रीमती अमाला हुन, उनी अभिनेत्री हुन् । लक्ष्मी र अमाला बाट नागाका एक/एक छोरा रहेका छन् ।

नागा चैतेन्य र अखिल अक्किनेनी एक समय विवाहित नागा बलिउड अभिनेत्री तब्बुसँगसमेत प्रेममा रहेका थिए । यी दुइको अफेयर निकै चर्चामा रहेको थियो । तर विविध कारण उनीहरुको विवाह भने हुन सकेन । नागा ८०० करोड सम्पतिका मालिक हुन् । उनी कारका सौखिन हुन् । नागा प्रडक्सन कम्पनि साथै रेष्टुरेन्टका मालिका पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट