झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च माग गर्दै सर्वोच्च अदालतमा रिट दायर-Sutra News

झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।



अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमा भदौ १५ गतेका लागि पेशी तोकिएको छ ।

रिटमा नेता झलनाथ खनालले आफ्ना स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी भएको उल्लेख गर्दै उपचार खर्च माग गरिएको छ ।

‘प्रचलित कानूनहरुको बर्खिलाप हुने गरी केपी शर्मा ओली मन्त्रिमण्डलले राज्यकोषबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा ३१ लाख आर्थिक सहयोग उपलब्ध गराइसकिएको र शेरबहादुर देउवाको मन्त्रिमण्डलले थप उपचार खर्च उपलब्ध गराउने निर्णयसमेत सार्वजनिक भइसकेको हुनाले मन्त्रिपरिषदको निर्णय बदर गरी कानून विपरीत उपलब्ध गराइएको रकम झलनाथ खनालमार्फत् राज्यकोषमा फिर्ता गर्न र झलनाथ खनाललाई उपचारको लागि थप रकम उपलब्ध नगराउनको लागि तथा यस किसिमले विदेशमा उपचार गराउनको लागि कुनै पनि व्यक्तिलाई सहयोग रकम उपलब्ध नगराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममासमेत उत्प्रेषणको आदेशले परमादेश लगायत उपयुक्त आदेश जारी गरीपाउँ’ रिटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट