काबुल: विमानस्थलमा फेरी हमला हुनसक्ने राष्ट्रपति जो बाइडनको चेतावनी-Sutra News

काबुल: विमानस्थलमा फेरी हमला हुनसक्ने राष्ट्रपति जो बाइडनको चेतावनी

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी दिएका छन्।



बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई ‘खतरा’ रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ। ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ।

गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट