यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु-Sutra News

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकूको मृत्यु

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

दुबई- यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौं अन्य घाइते भएका छन् ।



उक्त हमलाका लागि इरानकोनिकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहर्याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ ।

‘आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,’ यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै भने । उनले आक्रमणमा हुथीहरूको हात रहेको दाबी गरे ।

सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने उनीहरूले बताए ।

हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट