कारबाहीमा परेका माधव नेपालसहित १४ जनाको सांसद पद नजाने-Sutra News

कारबाहीमा परेका माधव नेपालसहित १४ जनाको सांसद पद नजाने

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेले गरेको कारबाहीमा परेका १४ सांसदहरुको सांसद पद नजाने भएको छ । कारबाहीमा परे पनि एमालेबाट छुट्टिएर छुट्टै दल दर्ता गरेका कारण उनीहरुको सांसद पद नजाने संसद सचिवालयले जनाएको छ ।



निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको भन्दै एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपमा कारबाही गरेको थियो ।

गत भदौ २ मा माधव नेपाल नयाँ दल दर्ता गर्ने प्रक्रियामा लागे लगत्तै एमालेले सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको थियो । दल दर्ताका लागि निवेदन दिन नपाउँदै एमालेले संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो । 

एमालेले १४ सांसदहरुलाई कारबाही गरेको सूचना टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई दवाव दिँदै आएका थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट