काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सोमबार साँझसम्म सरकारले पूर्णता पाउने बताएका छन् । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै नेता विश्वकर्माले सोमबार (भोलि) साँझसम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिएका हुन् ।
आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमति भइसकेकाले अब सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको पनि बताए ।
‘सायद भोलि साँझसम्म सरकार विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । ढिलो किन भयो ? भन्ने कुरा चाहिँ दलहरुबीचको वैधताका कुरा, अस्तित्वका कुरा, दल निर्माणको कुरा र दलहरुबीचको केही सहमतिको कुरा हो । अहिले सहमति पनि भइसकेको छ । दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अब ढिलाई हुँदैन’ उनले भने ।