छोराको हत्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्-Sutra News

छोराको हत्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

महोत्तरी- सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् ।



सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए ।

जिल्लाको राम गोपालपुर नगरपालिका-६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो ।

दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन् ।

घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट