तपाईंलाई काँक्रो मनपर्छ ? यस्ता फाइदा हुन्छन्-Sutra News

तपाईंलाई काँक्रो मनपर्छ ? यस्ता फाइदा हुन्छन्

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

१.शरीरमा पानीको कमी हुन दिदैन



काँक्रोमा ९५.२ प्रतिशत पानी हुन्छ । यसर्थ शरीरमा पानीको मात्रा पुरा गर्नको लागि प्रशस्त मात्रामा काँक्रोको सेवन पनि गर्न सकिन्छ ।

२. मुटु स्वस्थ राख्न सहयोगी

काँक्रोमा पोटाशियमको मात्रा पनि प्रशस्त हुन्छ । जसले उच्च रक्तचाप हुनबाट जोगाउँछ । यसका साथै काँक्रोमा रहेको पोटाशियमले मुटु सम्बन्धी अन्य रोगबाट पनि टाढै राख्न मद्दत गर्छ ।

३.मस्तिष्क स्वस्थ राख्छ

स्ट्रोबेरी र अंगूरमा जस्तैं काँक्रोमा पनि फिसेटिन नामक तत्व हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो तत्वले बढ्दो उमेरमा मस्तिष्कमा देखिने रोगहरूको जोखिम पनि कम गराउँछ । साथै बढ्दो उमेरमा देखिने अलजाइमरको जोखिमलाई घटाउँछ ।

४.बुढ्यौली रोक्छ

छाला चाउरिनबाट रोक्ने सौन्दर्य प्रसोधनका सामानमा काँक्रोको प्रयोगलाई प्राथमिकता दिइन्छ । काँक्रोमा छाला चाउरिनबाट रोक्ने तत्व हुने भएकाले यसलाई सिधै पनि प्रयोग गर्न सकिन्छ ।

५. क्यान्सरको जोखिम कम गर्छ

काँक्रोले शरीरमा अनावश्यक रुपमा बढ्दै गएको कोषलाई रोक्ने गर्छ । जसले शरीरमा हुनसक्ने क्यान्सरको जोखिम घटाउँछ ।

६.दुखाई कम गर्छ

‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार कांक्रोलाई परम्परागत रुपमा टाउको दुखाई क मगर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । यस्तै काँक्रो बिजले शरीरलाई चिस्याउने र काँक्रो सेवनबाट मुत्रजन्य समस्या हट्ने सो रिर्पोटमा उल्लेख छ ।

७.श्वास गनाउनबाट मुक्त

सामान्यतया मुखमा भएको ब्याक्टेरियाले श्वास गनाउने गर्छ । काँक्रो लगायतका रेशायुक्त र प्रशस्त पानी भएका खानाले त्यस्ता ब्याक्टेरियालाई हटाउँछ । जसले मुख गनाउने समस्याबाट मुक्ति दिन्छ ।

८.हड्डीलाई बलियो बनाउँछ

काँक्रोमा भिटामिन ‘के’ प्रशस्त मात्रामा पाइन्छ । भिटामीन ‘के’ ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसकारण नियमित काँक्रो सेवन गरे हड्डी मजबुद बन्ने चिकित्सकहरूको सुझाब छ ।

९.कब्जियत हुन दिदैन

काँक्रोमा प्रशस्त मात्रामा पानी हुन्छ र यसको बाहिरी भागमा प्रशस्त मात्रामा रेशाहरु हुन्छन् । पानी र रेशाले शरीरको पाचन क्रियालाई शसंक्त बनाउँछ । जसले कब्जियतको समस्यालाई दुर गराउँछ ।

१०.तौललाई बढ्न दिदैन

काँक्रोमा न्यून मात्रामा क्यालोरी हुन्छ भने बाहिरी भागमा हुने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ । जसले तौललाई सन्तुलित बनाउन सहयोग गर्छ । यस बाहेक पनि काँक्रोलाई विभिन्न रुपमा प्रयोग गर्न सकिन्छ । काँक्रोको सलाद, अचार र जुसका रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले खानाको विकल्पको काम पनि गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट