श्रद्धा र रोहणको सम्बन्धबारे शक्ति कपूरले के भने ?-Sutra News

श्रद्धा र रोहणको सम्बन्धबारे शक्ति कपूरले के भने ?

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौं- मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ ।



यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन । टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् । 

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्,’ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’

श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्, ‘ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए । 

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर ,यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट