आवश्यक सामग्री
एक कप मकैको पिठो, थोरै टिमुर, नुन, थोरै चिउरीको घिउ ।
विधि
मकैको पिठोलाई मज्जाले भिजाउने । प्यानमा थोरै चिउरीको घिउ तताउने । अघि भिजाएको मकैको पिठोलाई रोटीको आकार दिँदै पकाउने ।
त्यसमाथि टिमुर, नुन राखिदिने । टिमुरको साटो मेथी, भाजी, पालुङ्गोको साग, चम्सुरको साग राख्न पनि सकिन्छ ।
रोटी आफूलाई मनपर्ने तरकारी, मोही, अचारसँग खान सकिन्छ ।