यस्ता छन् सोयाबीन खानुका फाइदा-Sutra News

यस्ता छन् सोयाबीन खानुका फाइदा

सोमबार, १४ भाद्र २०७८

सोमबार, १४ भाद्र २०७८

काठमाडौं- व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली बिग्रिएको छ । आज हामी केही पौष्टिक चीजबारे जानकारी दिँदै छौं ।



सोयाबीन जसलाई आमरूपमा त्यति राम्रो तरकारी मानिदैन तर यसका फाइदा थाहा पाउनुभयो भने तपाईं अचम्ममा पर्नुहुन्छ । सोयाबीनको प्रयोग हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

सोयाबीनमा प्रोटिनको मात्रा धेरै हुन्छ । भिटामि ‘बी’ र भिटामिन ‘ई’ को मात्र प्रचुर ह्न्छ । जसले शरीरका लागि आवश्यक एमिनो एसिडको कमी पुरा गर्छ । सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटिन पाइन्छ ।

हड्डी बलिया हुन्छन्

सोयाबीनमा ‘आइसोफ्लेवोंस’ नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डीलाई कमजोर हुनबाट जोगाउँछ ।

एसिडिटीबाट राहत

यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटीको समस्या हट्छ ।

मानसिक सन्तुलन ठिक गर्छ

जो तनाव र मानसिक रोगबाट ग्रसित हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट